July 7, 2016

नेपाली फिल्म निर्माता अनील न्यौपाने र बॉलीवुड निर्माता कुन्दरको आफ्नो फिल्मलाई लिएर आत्मसम्

बब विरुद्द कृति ः दुई फिल्म निर्माता न्यौपाने र कुन्दरको आफ्नो फिल्मलाई लिएर आत्मसम्मानको लडाई

शो बिजनसको संसार देखावटी र ग्लामरमा बनेको हून्छ र कहिले कांही विवादका कारणले यी कूराहरुलाई छायामा पारि दिन्छ ।
हालैमा दूई फिल्म निर्माताहरु अनिल न्यौपाने र शिरिष कून्दर अहिले चर्चामा छन दूवैको युटयुवबाट हटाईएको शर्ट फिल्म बब र कृतिका कारणबाट
शिरिष कून्दरले जसले सन् २०१२ मा अक्षय कूमार, सोनाक्षी सिन्हा, चित्रांगना सिंह अभिनित फिल्म जोकरको निर्देशकका रुपमा पनि
चर्चित छन्, उनले २२ जून २०१६ मा युटुयुबमा कृति नामको शर्ट फिल्म अपलोड गरेपछि विवादमा आएका हून ।

यस शर्ट फिल्मलाई २५ लाख मानिसहरुले हेरि सकेका छन्, सबैबाट यसको कथालाई मन पराईएको छ र यसले धेरै प्रसंसा पनि बटूल्न सफल भएको छ ।
तर २४ वर्षे नेपाली फिल्म मेकर अनिल न्यौपानेले यसलाई बौद्दिक चोरीको आरोप लगाएका छन् । न्यौपानेले कून्दरको फिल्म अपलोड भएको भोलीपल्टै आफ्नो
फेसबूक मार्फत कून्दरले उनको बबलाई कपि गरेर कृति बनाएका हून भनेर सार्वजनिक गरे ।
पहिला पनि कून्दर सन् २०१२ को संजय दत्तको अग्निपथ फिल्मको सेलिब्रशन पार्टीको दौरानमा शाहरुख खानसंग जोरी खोज्न भ्याई सकेका छन् व्यक्ति हून ।

फेसबूक पोष्टका अनूसार, न्यौपानेले कसरी अष्टेलियामा रहेको उनको साथीको प्रोडक्सन कम्पनी ज्याज प्रोडक्सनलाई अनूरोध गरेर आफ्नो पूरै फिल्म जम्मा ने. रु. ५०,००० (भा. रु. ३२०००) मा

पूरै फिल्मको सूटिंग सिद्दयाए । त्यसरी नै कसरी उनको फिल्मका सदस्यहरुले उनको स्क्रिप्टलाई पत्याएनन् मात्र स्वयंसेवी रुपमा काम गर्न तयार भए भनेर

जबकी, १ जूलाईको दिन, डाईरेक्टर शिरिष कून्दरले, कलाकार मनोज वाजपेयी निर्माता समेत तथा वकिललाई साथमा लिएर बौद्दिक चोरी भयो भनेर प्रेस कन्फ्रेन्स नै गर्न भ्याए ।

४० मिनेटको उनको प्रेस कन्फ्रेन्समा उनी र उनको टिमले न्यौपाने र भिमियो उपहास गर्दै आफ्नो डम्फू बजाई रहेका थिए ।
उनी र उनको टिम जसरी त्यस प्रेस कन्फ्रेन्समा प्रस्तूत भएको थियो त्यो तरिका पनि कूनै प्रोफेशनलको जस्तो थिएन । शिरिषले हास्यास्पद रुपमा न्यौपाने सानो समयको फिल्म मेकर भएको र उनी
बिवाहको भिडियो बनाउने भएको भनेका थिए । त्यसरी नै मनोज वाजपेयी पनि एक कदम अगाडी बढ्दै उनी र उनको टिमलाई पिडित बनाउदै न्यौपानेले यो विवादबाट पब्लिसिटि कमाई रहेका छन्
भन्दै थिए । हेर्नूहोस् तल ः

कून्दरको आरोप थियो कि न्यौपानेले भोमियोको भिडियोलाई चलाएर र डेट परिवर्तन गरेर भिडियो अपलोड गरे । तर, न्यौपानेले त्यस भन्दा पहिले नै अर्थात जून २५ का दिनमा नै ज्याज प्रोडक्सनको
फेसबूक पेजमा आफ्नो फिल्मको डाफ्ट प्रकाशित गरि सकेका थिए ।

यदि न्यौपानेले आफूलाई जोगाउन डाफ्ट विवाद पछि नै बनाएको भए, उनको फिल्मको शटहरुमा अगष्ट २०१५ डेटहरु नहूनू पर्ने थियो ।

त्यस बाहेक, अप्रिल १६ मा अपलोड भएको उनको भिडियो डायरीले पनि यो संकेत गर्छ कि उनको फिल्म अगष्ट २०१५ मा सकिएको थियो भनेर ।

प्रेस कन्फ्रेन्समा कून्दरको दावी अनूसार, बब एउटा कपी फिल्म हो र न्यौपानेले आफ्नो अपलोड डेट विगारेर भिडियो अपलोड गरेका हून । तर बब कसरी कृतिको कपी फिल्म हो जबकी, कृति भर्खर २२ जूलाई
२०१६ मा रिलिज भएको छ र बब भोमियोमा अक्टूवर २०१५ र युटयूबमा १२ मे २०१६ देखि उपलब्ध छ ।

कून्दरको फिल्मको मौलिकताको मात्र कूरा छैन उनले आफ्नो फिल्मको प्रोमोमा प्रयोग गरेको पोस्टर पनि जापनिज फिल्म मेकरको हरर फिल्म घोष्ट थिएटर को पोष्टरसंग मिल्दो जूल्दो छ । हेर्नूहोस् तल ः

कृतिका निर्माण पक्षले न्यौपानेका विरुद्द अलोकप्रियताको मूद्दा दर्ता गर्ने बताएको छ जसको कारणले यो विवाद लामो समय चल्ने पक्का छ । बिनागल्ती दूवै फिल्मको सम्पूर्ण कथा ठ्याक्कै मिल्छ एक मनोरागी जसको लोग्नेको
घर बाहिर अर्की एउटी गर्लफ्रेण्ड छे जून वास्तविकता पनि हो कि होईन उसलाई थाहा छैन । वर्तमान परिस्थितिको तथ्थलाई वेवास्ता गर्दै, कून्दरको उनको क्रियटिभीटी मौलिक हो भन्ने कूरा जाच्नू आवश्यक छ ।

सिने क्षेत्र जहां एक मूलूकको कला तथा बिश्वसनियता एक बाट अर्कोमा गई रहेको छ त्यहा साहित्यिक चोरीको कूरा गर्नू ठुलो भूल हूने छ त्यो पनि यस्तो क्षेत्रमा, जहां एउटाले आफ्नो ठुलो फ्यान फलोअर्स गूमाउन सक्ने छ र इमान्दारी पनि
पनि र नक्कल गर्नेको ट्याग लाग्ने छ दर्शक र क्रिटिकको आंखामा ।

दूवै पक्षको प्रमाणहरु हेरि सके पछि तपाई कसको पक्षमा हूनूहून्छ ? तपाईहरु कृतिको टिम वा न्यौपानेको बबको ?
आफ्नो कमेन्टहरु तल लेख्नूहोस ः

 

Happy National Paddy Plantation Day - 2015 ( photo feature)

JUN 30 - People across the country are celebrating Asar Pandra , also known as Ropain Diwas, by planting paddy in their fields on Saturday. The day, which usually falls on the last days of June, is also observed as National Paddy Day . The celebration generally includes singing of traditional Asare bhaka, dancing, splashing

Read more...

 

Propellerads